गृहपृष्ठ आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै श्रीमती ४१ वर्षीय ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २, तालखर्क बस्ने छत्र बहादुर गिरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी विवादमा शुक्रबार बिहान छत्र बहादुरले मसला पिस्ने लोहोरो प्रहार गर्दा गम्भीर घाइते भएकी ज्ञान कुमारीको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटना पश्चात फरार भएका छत्र बहादुरलाई अस्थायी प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु