गृहपृष्ठ ५ हजार ८ जना संक्रमित थपिए, १ हजार २२९ डिस्चार्ज

५ हजार ८ जना संक्रमित थपिए, १ हजार २२९ डिस्चार्ज

नेपालमा काेराेना संक्रमणकाे ग्राफ उकालो लाग्ने क्रम जारी छ । निषेधाज्ञा खुकुलाे भएसँगै संक्रमितकाे संख्यामा उच्च वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएकाे छ । याेसहित देशभर संक्रमितकाे संख्या एक लाख ५ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज सकिय संक्रमितकाे संख्या ३० हजार ८१८ रहेकाे छ ।

शुक्रबार दुई हजार ५९ जनामा संक्रमण देखिएको थियो भने एक हजार ६८० जना डिस्चार्ज भएका थिए । बिहीबार १८४७३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

बितेको २४ घण्टाभित्र थप  एक हजार २२९ जना काेराेनामुक्त भइ घर फर्किएका छन् । हालसम्म ७४ हजार २५२ जना काेराेना संक्रमित निको भइसकेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

त्यसैगरी, नेपालमा थप १४ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । योसहित काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६१४ पुगेकाे छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु