गृहपृष्ठ डा. केसीसँग वार्ता अगाडि नबढाउने सरकारको संकेत, निसर्त अनसन तोड्न आग्रह

डा. केसीसँग वार्ता अगाडि नबढाउने सरकारको संकेत, निसर्त अनसन तोड्न आग्रह

शुक्रबार दुवै पक्ष वार्ता गर्दै ।

२७औँ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई बिना कुनै शर्त अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ । शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन् ।

डा. केसीले उठाएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तुहरू प्रष्ट गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएकै छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड- १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त भएको अवस्थामा परिस्थितिलाई मनन एवं आत्मसाथ गर्दै अनसन अन्त्य गरिदिनुहुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनम्रतापूर्ण हार्दिक अनुरोध गर्दछ ।’

यस्तै वार्ता टोलीले केसीले उठाएका माग र विषयवस्तुहरू सबै कार्यान्वयनको चरणमा रहेको रहेको दाबी गरेको छ । केसीले ६ बुँदे माग राख्दै जुम्लाबाट १९औँ अनसन सुरु गरेका थिए । शनिबार उनको अनशनको २७औँ दिन हो । शुक्रबार बिहानदेखि भएको दुईपक्षीय वार्ता साँझ सहमतिनजिक पुगेको बताइएकाे थियाे । डा. केसी पक्षधरले भने वार्तामा राजनीतिक हस्तक्षेपका भएकाे आरोप लगाएकाे छ ।

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु