गृहपृष्ठ नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद पुन: निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद पुन: निर्वाचित

uno-newskarobar

संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः दोस्रो कार्यकालका लागि चयन भएको छ । राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल सन् २०२१ देखि २३ सम्मका लागि पुनः निर्वाचित भएको हो ।

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् । मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेगल निर्वाचित भएका छन् ।

त्यस्तै पूर्वी युरोपबाट रुस र युक्रेन निर्वाचित भएका छन् भने ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको निर्वाचित भएका छन् । त्यसैगरी पश्चिम युरोपबाट बेलायत र फ्रान्स निर्वाचित भएका छन् । तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । नेपान पुनः निर्वाचित भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपाललाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन् ।

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु