गृहपृष्ठ गाई काटेको अभियोगमा पक्राउ
गाई काटेको अभियोगमा पक्राउ
बेलकोट गढी नगरपालिका- ५, सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरुलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:१७ बजे

















