गृहपृष्ठ कोरोना संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु
कोरोना संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका- ६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा हुन् ।
९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बीएण्डबी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडाैं लगियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । यसअगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । (रासस)
प्रकाशित समय १६:०५ बजे

















