गृहपृष्ठ सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा ‘विशेष छुट’
सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा ‘विशेष छुट’
‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मासाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।
सनराइज बैंकका ग्राहकहरुले Sunrise Smart App प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट दुई सय र हवाई टिकट मा प्रतिटिकट तीन सय रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।
कोभिड- १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ असोज २५ देखि कात्तिक ११ सम्मका लागि यो योजना ल्याएको हो ।
प्रकाशित समय १६:१७ बजे

















