गृहपृष्ठ विवादास्पद अभिव्यक्ति दिने भारतीय सेनापति नेपाल आउँदै

विवादास्पद अभिव्यक्ति दिने भारतीय सेनापति नेपाल आउँदै

मानार्थ महारथी दर्जा दिइने

Naravane

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे आगामी महिनामा नेपाल भ्रमणमा आउने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी पद प्रदन गरिने नेपाली सेनाले जनाएको छ ।

दुवै देशका सेनापति एकअर्काको देश भ्रमणमा जाँदा मानार्थ सेनापतिका पद दिने चलन छ । नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भए पनि विभिन्न कारणले स्थगित थियो।

स्मरणीय छ, नेपालले लिम्पियाधुरा-लिपुलेक-कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि भारतीय सेना प्रमुख नरावणले नेपालले चीनका इशारामा यो काम गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘नेपालले अरू कसैको इशारामा लिपुलेख सीमा सवालमा छेडछाड गरिरहेको छ, उनले चिनियाँ हस्तक्षेपलाइ इंगित गर्दै भनेका थिए ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु