गृहपृष्ठ थप २ हजार ६३८ जनामा कोरोना संक्रमण, २ हजार १७४ जना डिस्चार्ज

थप २ हजार ६३८ जनामा कोरोना संक्रमण, २ हजार १७४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाभित्र १३ हजार ९४७ जनको पीसीआर परीक्षण गर्दा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी २ हजार १७४ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएकाे जानकारीअनुसार देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । यसमध्ये ८० हजार ९५४ जना कोरोनामुक्त भइसकेका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको प्रवक्ता डा. गाैतमले जानकारी दिए ।

मंगलबार १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५५६ जना संक्रमित थपिएका थिए । त्यसैगरी १ हजार ५०३ जना कोरोनामुक्त भएका थिए । सोमबार काेराेना संक्रमण पुष्टि हुनेको संख्या  ४ हजार ४७ थियो भने १ हजार ४७३ जना डिस्चार्ज भएका थिए ।

त्यसैगरी नेपालका काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६७५ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र थप १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

काठमाडाैं उपत्यकामा बुधबार थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९६, ललितपुरका ३०५ तथा भक्तपुरका १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार उपत्यकामा दुई हजार २८३ जना संक्रमित थपिएका थिए । सबैभन्दा बढी काठमाडौँमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा संक्रमण देखिएको थियो ।सोमबार काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु