गृहपृष्ठ स्याङ्जा र सिरहामा सवारी दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

स्याङ्जा र सिरहामा सवारी दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

स्याङ्जा र सिरहामा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । स्याङजाको कालीगण्डकी गाउँपालिका-६ कोटघरस्थित सडकमा लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट खसेर उक्त ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २१ वर्षीय कुल बहादुर सिजापतीको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सिरहाको नरहा गाउँपालिका-५ बलुवास्थित सडकमा ज.३ प ६४११ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प ०५७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा प्रदेश २-०१-००१ प ०५७१ नम्बरका मोटरसाइकलका चालक मिर्चैया नगरपालिका-८ बस्ने २० वर्षीय जय कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आर के मेडिसिटी धनगढी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पताल र अन्य २ जनाको भूमिजा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु