गृहपृष्ठ कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु
कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु
फाइल तस्बिर ।
कास्कीमा कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका- १७ का ४७ वर्षीय कोरोना संक्रमित व्यक्तिको उपचारको क्रमम ३० गते चरक मेमोरियल अस्पताल, पोखरामा मृत्यु भएको स्वस्थ्य निर्देशनालय गण्डकीले शनिबार विज्ञप्ति मार्फत जनाएको छ ।
ती पुरूषलाई २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनासँगै अन्य दीर्घ रोग भएको अस्पताल प्रशासनले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५७७ पुगेको छ ।
प्रकाशित समय १२:३५ बजे

















