गृहपृष्ठ बीपी प्रतिष्ठानमा मृत्य हुने संक्रमितको संख्या ६१ पुग्यो, थप दुई जनाको मृत्यु

बीपी प्रतिष्ठानमा मृत्य हुने संक्रमितको संख्या ६१ पुग्यो, थप दुई जनाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी- ११ का ५७ वर्षीय र सुनसरी, धरान- १५ का ६५ वर्षीय पुरुषको आधा-आधा घण्टाका फरकमा मृत्यु भएको हो ।

सुनसरीका पुरुषको बिहान ७:१५ र झापाका पुरुषको ७:४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । (रासस)

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु