गृहपृष्ठ पर्साको वीरगन्जबाट साढे २२ किलो सुन बरामद
पर्साको वीरगन्जबाट साढे २२ किलो सुन बरामद
प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । साे सुन वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले बताए । प्रहरीले सुन बरामद गरे पनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अपार्टमेनटमा कार्यरत सुरक्षा गार्डका अनुसार सुन बरामद गरिएको फ्लाट एक भारतीयको भएकाे बताइएकाे छ । प्रहरीका अनुसार सुन कसकाे हाे र कहाँ लगिँदै थियो भन्ने खुलिसकेकाे छैन ।
प्रकाशित समय १५:३१ बजे

















