गृहपृष्ठ लोकसेवा आयोगको परीक्षा स्थगित
लोकसेवा आयोगको परीक्षा स्थगित
लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि निर्धारण गरेको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।दिनदिनै कोरोनाको संक्रमण बढ्दै गएको र आयोगकै कर्मचारीहरु पनि संक्रमित भएर केही शाखा सिल गर्नुपरेको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले सोमबार जारी गरेकाे विज्ञप्तिअनुसार निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका परीक्षा स्थगित भएका छन् ।

प्रकाशित समय १४:२९ बजे

















