गृहपृष्ठ असई विकको उच्च सम्मानका साथ अन्त्येष्टि

असई विकको उच्च सम्मानका साथ अन्त्येष्टि

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख असई गोविन्द विकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा हत्या गरिएको अवस्थामा भेटिएका विकको सोमबार कञ्चनपुरको दोदा नदीको कीर्तिपुर घाटमा उच्च सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

विकको शोक सलामीसहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विकको पार्थिक शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका असई विकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए । उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अज्ञात छ ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु