गृहपृष्ठ भारत लैजाँदै गरेको १६ लाखको सुनसहित तस्कर पक्राउ
भारत लैजाँदै गरेको १६ लाखको सुनसहित तस्कर पक्राउ
सशस्त्र प्रहरीले जनकपुर हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा १६ लाख मूल्य बरावरको सुनसहित तस्करलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट सुनसहित आएका तस्करले भारततर्फ जाँदै गरेको अवस्थामा भ्रमरपुराचोकबाट सशस्त्र प्रहरीले गाडीसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा गाडी चालक महोत्तरीको बलबा नगरपालिका ४ का ३४ वर्षीय रामचन्द्र साह छन् ।
सुन ओसार्न प्रयोग गरेको बा १० च ३५६८ नम्बरको इको भ्यानमा लुकाइ लैजाँदै गदौ प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरीले २ सय ग्राम सुनसहित तस्करलाई पक्राउ गरेको हो । सो सुनको बजार मुल्य १६ लाख २३ हजार ८ सय रहेको छ ।
सुनसहित गाडीको अन्दाजी मूल्य करिब ३१ लाख २३ हजार ८ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । दिउँसो पौने २ बजेको समयमा शसस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणबाट प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले उक्त सुन र गाडी पक्राउ गरेको जनाएको छ ।
प्रकाशित समय ०८:०३ बजे

















