गृहपृष्ठ क्लासिक टेकद्वारा स्पाइनल मस्कुलर एट्रोफीका बिरामीलाई १० लाख रुपैयाँ सहयोग

क्लासिक टेकद्वारा स्पाइनल मस्कुलर एट्रोफीका बिरामीलाई १० लाख रुपैयाँ सहयोग

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै समय समयमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरिरहेको छ । सोही सन्दर्भमा क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पीडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको छ । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिङमार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गोफण्डमी डटकम मार्फत रकम संकलन भइरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् ।

‘२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानी को जिवन बचाउन सक्छ,’  कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले भने  । उनका अनुसार क्लासिक टेकले आधिकारीक सोशल मिडियामार्फत सहयोगको अपिलसमेत गरेको छ ।

सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनेहरूका लागि क्लासिक टेकले बिस्तृत जानकारीसमेत उपलब्ध गराएको छ ।

A/C Name: Siyona Shrestha

A/C No: 206500000031524

Bank of Kathmandu LTD. Parasi Branch

Swift Code: BOKLNPKA

Or

Esewa Id: 9847206466    9816457809

Go fund me Account

https://www.gofundme.com/f/treatmentforsiyona…

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु