गृहपृष्ठ कर्णालीमा थप १ सय ८१ जनालाई कोरोना पुष्टि

कर्णालीमा थप १ सय ८१ जनालाई कोरोना पुष्टि

मंगलबार कर्णाली प्रदेशमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १ सय १, दैलेखका ४०, कालिकोटका १५, जुुम्लाका चार, मुगु, रुकुुमपश्चिम र जाजरकोटका एक/एक, हुम्ला र सल्यानका दुई/दुई र अन्य १४ जना रहेका छन् ।

६ सय ९ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३५१ पुगेको छ ।

यस्तै कर्णालीमा मंगलबार १ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ९८५ पुगेको छ । प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । सुर्खेतमा मात्रै सात जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु