गृहपृष्ठ चितवनमा सवा ३ लाख नक्कली नोट बराबद
चितवनमा सवा ३ लाख नक्कली नोट बराबद
प्रहरीले चितवनमा सवा ३ लाख रूपैयाँको नक्कली नोटसहित मकवानपुर राक्सीराङ् ८ का जीतबहादुर लोप्चनलाई पक्राउ गरेको छ ।
लोप्चन गत मंगलबार चितवनको भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई फरार भएका थिए । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको टोलीले भन्डारा बजारबाट अलि चौकीडाँडाबाट १००० दरको १२ थान हेर्दा नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।
बाँकी र मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका ८ हलिजे स्थित उनको घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाई खेको अवस्थामा रु.१००० दरको ३०२ थान नोट गरी कुल ३२१ थान ( रु.३ लाख २१ हजार ) नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यस कसूरमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।
प्रकाशित समय १७:०५ बजे

















