गृहपृष्ठ स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरेर पर्व मनाउन प्रचण्डको अपिल

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरेर पर्व मनाउन प्रचण्डको अपिल

prachanda-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका छन् । दसैँ, तिहार, छठ, नेपाल सम्वतगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।

कोरोनाभाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने भन्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु‑याएको बताए ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु