गृहपृष्ठ महालक्ष्मी नगरपालिकाबाट १८ जुवाडे पक्राउ

महालक्ष्मी नगरपालिकाबाट १८ जुवाडे पक्राउ

ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट ११ लाख ५५ हजार ५७५ रूपैयाँ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराए । पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु