गृहपृष्ठ र्यापर भिटेनले मागे माफी
र्यापर भिटेनले मागे माफी
चर्चित र्यापर भिटेनले गाएको गीत ‘पारा’ मा प्रयोग भएका शब्द विवादित भएपछि माफि मागेका छन् । भिटेनले विज्ञप्ति सार्वजनिक गर्दै प्रकाशित म्यूजिक भिडियोले कतिपय निकायप्रति ठेस पुग्न गएको भन्ने गुनासो आएकोले उक्त म्यूजिक भिडियोलाई आधिकारिक च्यानल भिटेन म्यूजिकबाट हटाइएको जानकारी दिइएको छ ।
यस्तै विज्ञप्तिमा आपत्तिजनक ठानिएका शब्दहरुलाई संशोधन गरिएको र नयाँ भिडियो चाँडै निकाल्ने तयारी गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका शब्दहरुबाट पर्न गएको असुविधा र चोटप्रति उनले क्षमा मागेका छन् ।
विज्ञप्तिमा पहिलाको गीत अरु च्यानलबाट अपलोड नगरिदिनसमेत अनुरोध गरिएको छ ।कात्तिक ८ गते भिटेन (समीर गुरुङ) को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाराको शब्दलाई लिएर आलोचना भएको थियो ।
प्रकाशित समय १३:०७ बजे

















