गृहपृष्ठ अब देशमा नयाँ नयाँ सहरको पनि विकास हुन्छ : मन्त्री श्रेष्ठ

अब देशमा नयाँ नयाँ सहरको पनि विकास हुन्छ : मन्त्री श्रेष्ठ

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ सहरको पनि विकास गरिने बताएका छन् ।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग आज भएको भेटमा मन्त्री श्रेष्ठले संघीयताको मर्मअनुसार नयाँ सहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताए । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि बताए । उनले आफ्ना कामका बारेमा सही मूल्यांकन गरिदिन सञ्चार क्षेत्रलाई आग्रह पनि गरे ।

सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सकारात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गरे । सोसाइटीका पूर्वाध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्ने बताए । उनले कुनै कुनै मिडियाले गलत समाचार प्रसारण गर्दैमा सबै मिडियालाई दोष दिन नहुनेमा जोड दिए । (रासस)

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु