गृहपृष्ठ भारतीय बजार सम्पूर्णनगरको एक होटेलमा काम गर्ने नेपाली युवकको रहस्यमय मृत्यु
भारतीय बजार सम्पूर्णनगरको एक होटेलमा काम गर्ने नेपाली युवकको रहस्यमय मृत्यु
कञ्चनपुरको पुनर्वास नगरपालिकासँगै सिमाना जोडिएको उत्तर प्रदेशको लखिमपुर जिल्ला खिरीस्थित भारतीय बजार सम्पूर्णनगरको एक होटेलमा काम गर्दै आएका एक नेपाली युवकको रहस्यमय मृत्यु भएको छ।
पुनर्वास नगरपालिका-४ का २२ वर्षीय युवक रमेश नेपालीको बुधबार साँझ भारतको सम्पूर्णनगरमा मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक नेपाली भारतमा रोजगारी गर्दै आएको र लकडाउनको समयमा घर आएको भए पनि लकडाउनपश्चात् पुनः रोजगारीका लागि गएको परिवारका सदस्यले बताएका छन् ।
लकडाउनमा घर आएका नेपाली भदौ ३० गते घरबाट अचानक वेपत्ता भएको भनी खोजीका लागि असोज ३ गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी परेको थियो । ईलाका प्रहरी कार्यालाय ञिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरीक्षक कैलाशसिं बिष्टका अनुसार उजुरी परेको केही समयपछि सम्पूर्णनगर खिरीको एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकका परिवारले नै प्रहरीमा जानकारी गराएका थिए ।
मृतक नेपालीका दाजुले प्रहरीसमक्ष दिएको बयानमा भाइको मानसिक सन्तुलन पनि त्यति ठीक नभएको बताएका थिए । प्रहरी निरीक्षक बिष्टका अनुसार नेपालीको उपचारका क्रममा बुधबार साँझ सम्पूर्णनगरको एक मेडिकलमा मृत्यु भएको हो । अहिले मृतक नेपालीको शव पुनर्वास नगरपालिका-४ घगाउस्थित कार्गिल डाँडा नजिकैको घरमा ल्याइएको प्रहरीले जनाएको छ । तर, अचानक होटलमा काम गरिरहेको व्यक्तिको यसरी मृत्युको मुखमा पुग्नुले स्थानीयहरू आश्चर्यमा परेका छन् ।
अहिले स्थानीय ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी टोली पनि मृतकको घरमा पुगेको बताइएको छ । मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय १०:४८ बजे

















