गृहपृष्ठ ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा ‘नेपाल’मात्रै लेख्ने निर्णय रोक्न सरकारलाई निर्देशन

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा ‘नेपाल’मात्रै लेख्ने निर्णय रोक्न सरकारलाई निर्देशन

समितिको बैठक ।

देशको नाममा एकरुपता ल्याउन भन्दै आधिकारिक पत्राचार तथा सरकारी प्रयोगमा देशको नाम नेपाल लेख्न सरकारले गरेको निर्णयलाई संसदीय समितिले रोक्न निर्देशन दिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल मात्रै लेख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गर्दै समितिले कुटनीतिक नियोगको पत्राचारमा नेपाल मात्रै लेख्ने निर्णय कार्यान्वयन नगर्न भनेकाे हो ।

समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताइन् ।

समितिमा मन्त्री ज्ञवालीले देशको नाम अगाडि व्यवस्था जोड्न आवश्यक नभएको र कुटनीतिक प्रयोगमा नाम अलग पर्न जाने सम्भावना रहेकाले नेपाल लेखेर एकरुपता कायम गर्ने प्रयास गरिएको बताएका थिए ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु