गृहपृष्ठ ‘नरवाणेलाई मानार्थ सेनापतिको दर्जा दिनु खेदजनक’

‘नरवाणेलाई मानार्थ सेनापतिको दर्जा दिनु खेदजनक’

नव जागरण अभियान नेपालले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण र मानार्थ सेनापतिको दर्जा दिनु खेदजनक भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै सो अभियानले नेपालमाथि विवादास्पद टिप्पणी गर्ने नरवाणेलाई दर्ज्यानी चिन्ह दिनुले देशभक्त नेपालीको मन कुँडाएको जनाएको छ ।

नागरिक स्तरमा नेपाल र भारतबीच सुमधुर सम्बन्ध देखिए पनि भारतसँग आश्रित तरिकाले जोडिएको अभियानका एक सदस्यले बताए । उनले भने, ‘हामीलाई भारतीय जनतासँग एउटा छुट्टै प्रेम छ । नागरिक तहमा रोटीबेटीको सम्बन्ध छ । यस मानेमा हामी भारतीयसँग अन्य आश्रित तरिकाले जोडिएका छौं ।’

भारतीय सत्ता उसका छिमेकीसँगको सम्बन्धका हिसाबले एउटा उत्पीडक र विस्तारवादी राष्ट्र भएको उनले टिप्पणी गरे । उनले थपे, ‘हाम्रो नेपाली सेना र भारतीय सेनाका सेनापति एक अर्का देशको मानार्थ सेनापति हुने परम्परा झट्ट हेर्दा मिठो लागे पनि त्यसले राजनीति रुपमा नेपालको लागि बल्छीको काम गरेको हो ।’

भारतले असमान सन्धी सम्झौतामार्फत नेपाललाई भ्रममा पार्ने र प्रकृति जलस्रोत साधनको दोहन गर्ने गरेको उनले आरोप लगाए । उनका अनुसार पश्चिमाहरुको राजनीतिक प्रभाव भारतीय सत्तामा रहने र त्यसैको प्रभावले नेपाललाई प्रयोग गर्ने चरित्र देखिन्छ । ‘त्यसै मुताविक कतिपय अवस्थामा असंलग्नताको नीति पनि बर्खिलाभ हुने गरी नेपाली सत्तालाई सम्झौता गर्न बाध्य पार्छ ।’ उनले भने ।

त्यसै सन्दर्भमा भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण र नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिह्नको विरोध जनाएको उनले बताए । ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा जारी गर्दा चीनलाई इंगित गर्दै कसैको उक्साहटमा लागेर नक्सा जारी गरेको भन्ने विवादास्पद टिप्पणी गरेका जर्नेललाई दर्ज्यानी चिह्न दिँदा देशभक्त नेपालीको मन कुँडिएको उनले बताए ।

जर्नेल नरवाणेको नेपाल भ्रमणको विरोध गर्दै नव जागरण अभियानले काठमाडौंका चोकहरुमा कालोझण्डासहित कालो बेलुन आकाशमा उडाए थिए । अभियानका सदस्य मुक्तिका अनुसार अहिलेको देशको परिस्थितिलाई विहंगम तरिकाले हेरेर निस्कर्ष निकाल्दा अहिलेको सत्ता, राजनीतिक दल र नेतत्व नै असफल प्रमाणित भइसकेका छन् । ‘नेपालको राजनीतिलाई नै पुनः परिभाषित गर्नुपर्ने बेला आएकाले सो भूमिका नेपाली युवाहरुको काँधमा आएकोले फेरि उठ्नुको विकल्प छैन ।’ उनले भने ।

प्रकाशित समय ०३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु