गृहपृष्ठ सशस्त्र प्रहरीको ९ नं. गणद्वारा ११० केजी गाँजा बरामद

सशस्त्र प्रहरीको ९ नं. गणद्वारा ११० केजी गाँजा बरामद

महोत्तरीस्थित सशस्त्र प्रहरी बलको नं. ९ गण हेडक्वार्टरले शान्ति सुरक्षा र तस्करी नियन्त्रणका लागि तैनाथी व्यापक बनाएको छ । जिल्लाबाट हुने अवैध चोरी निकासी र लागूपदार्थ ओसारपसारजस्ता घटना रोक्न सशस्त्रले सक्रियता बढाएको हो ।

यसै क्रममा सशस्त्रले बिहीबार साँझ एकडाँडा गाउपालिका- ३ , भटौलियाबाट ठूलो परिणाममा  लागूऔषध गाँजा पक्राउ गरेको छ । १ सय १० किलोग्राम गाँजा, चोकर ३० बोरा, मोबाइल २ थान, नेपाली रूपैया ८ हजार १५० सहित उक्त लागूऔषध ओसारपसारमा प्रयोग गरिएको ना. ३ च ९६२४ नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिएको छ ।

गणपति सशस्त्र एसपी सुरेश सापकोटाका अनुसार लागूऔषध ओसारपसारमा संलग्न मकवानपुरको भिमफेदी गाउँपालिका- २ बस्ने ३० वर्षीय अम्मर कुमार थिङ पनि पक्राउ परेका छन् । उनलाई  जिल्ला प्रहरी कार्यलय महोत्तरीमा बुझाएको एसपी सापकोटाले बताए ।

एसपी सापकोटाले राज्यले संगठनलाई दिएको जिम्मेवारी र कर्तव्य को पूर्णरुपमा पालन गर्दै खुला सीमाको कारण हुनसक्ने अवैध गतिविधि र जुनसुकै अवाञ्छित क्रियाकलापको रोकथाम र नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव सक्रिय रहने बताए ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु