गृहपृष्ठ अन्तत: नेकपाले बोलायो सचिवालय बैठक

अन्तत: नेकपाले बोलायो सचिवालय बैठक

nekapa-building_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालय बैठक बोलाउन तयार भएका छन् । सचिवालय बैठक बोलाउन ओली तयार भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक स्थगित भएको छ ।

ओली र प्रचण्डसँग परामर्श गरेपछि महासचिव विष्णु पौडेलले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेगरी सबै सचिवालय सदस्यलाई खबर गरेका छन् । बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मितिसमेत तय गर्ने बताइएकाे छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा सचिवालयको अनाैपचारिक बैठक बसेर दाहालसहित पाँच नेताले अल्टिमेटम दिएर ओलीले बैठक बोलाउन पत्र लेखेका थिए । लामो समयदेखि ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गर्दै आएका थिए । उनले बैठक अस्वीकार मात्रै नगरेर आफ्नो सहमतिबिना बैठक बोलाए त्यहीँबाट पार्टी फुट्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले एक साताअघि एक सार्वजनिक कार्यक्रममा आफूमाथि राजीनामाको दबाब पार्टीभित्रैबाट बढेको बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट भएका थिए ।

पछिल्लोपटक पनि ओलीले आफू जनताको इच्छाले जिम्मेवारीमा आएका कारण कसैको रहरले राजीनामा नदिने बताएको थिए । बुधबार संखुवासभा पुगेका उनले त्यहाँको कार्यक्रममा बोल्दै ‘म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ’ भनेका थिए । उनले पछिल्लो समय नेकपामा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु