गृहपृष्ठ जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार

जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार

गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरे । संयोजक पुनले प्रवासदेखि थापाले गरेको सहयोग र देखाएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए ।

थापाले तत्काललाई ५० हजार रुपैयाँ सहयोग गरे पनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको पाँच हजार रुपैयाँ केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाए । त्योसमेत गरी थापाको सहयोग रकम एक लाख दश हजार रुपैयाँ पुग्ने छ । ‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो,’ उनले भने । नौ वर्षअघि जापान पुगेका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनी सक्रिय छन् ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु