गृहपृष्ठ सानिमा बैंकको १६औं साधारण सभा सम्पन्न

सानिमा बैंकको १६औं साधारण सभा सम्पन्न

सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र सेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७६/७७मा १.७८ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १२६.३१ अर्ब रुपैयाँ, कुल निक्षेप ११०.१० अर्ब रुपैयाँ तथा खुदकर्जा सापटी ९३.६९ रुपैयाँ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

 

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु