गृहपृष्ठ तास तथा कौडा खेलिरहेको अवस्थामा ९१ जना पक्राउ
तास तथा कौडा खेलिरहेको अवस्थामा ९१ जना पक्राउ
सांकेतिक तस्बिर
तास तथा कौडा खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट ९१ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं, धनकुटा, लमजुङ, चितवन, कास्की, बारा र कैलालीमा जुवा खेलिरहेका ९१ जना पक्राउ परेका हुन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-६ बिष्ट गाँउ (सिम) स्थित रबि बिष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ जाखा बस्ने ३७ वर्षीय महेश थापा लगायत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५५ हजार ४ सय ५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कीर्तिपुर नगरपालिका-६ छापस्थित अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ घर भई हाल सोही नगरपालिका छाप बस्ने जनक शाहीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले नगद ५१ हजार २० रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-७ स्थित मोहन श्रेष्ठको घर सोही ठाउँ बस्ने योगेन्द्र कार्कीले कोठा भाडामा लिई जुवातास खेलाई रहेको अवस्थामा धनकुटा नगरपालिका-१ बस्ने ३८ वर्षीय दिलिप रायमाझी लगायत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले नगद १ लाख ११ हजार ६ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिका-६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिप कुमार गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलिप सहित ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले नगद १ लाख ८७ हजार २५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका-१६ खैरेटी बस्ने उदय बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय उदय बहादुर गुरुङ लगायत ३० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५९ हजार ४ सय ९० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानरपालिका-६ लेकसाईडस्थित रोयलईमेज होटलको कोठामा कौडा खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद १ लाख ३७ हजार ४ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
बारामा पनि कोल्हबी नगरपालिका-८ कट्टि टोलस्थित कुखुरा फार्ममा जुवातास तथा कौडा खेलिरहेका समिर कुमार चौधरी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख १७ हजार रुपैयाँ र १६ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको टिकापुर नगरपालिका-१ बस्ने टेक बहादुर कडायतको घरमा जुवातास खेलिरहेका टेकबहादुर समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार रुपैयाँ र ४ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय ०७:२४ बजे

















