गृहपृष्ठ ‘प्रचण्डले साथ नदिएको भए न भण्डारी राष्ट्रपति बन्नुहुन्थ्यो, न ओली प्रधानमन्त्री’

‘प्रचण्डले साथ नदिएको भए न भण्डारी राष्ट्रपति बन्नुहुन्थ्यो, न ओली प्रधानमन्त्री’

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले विद्या भण्डारीलाई राष्ट्रपति र केपीशर्मा ओली प्रधानमन्त्री बन्न साथ दिने प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधान गर्न भन्दै १९ पृष्ठ लामो एकल प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री ओली पक्षबाट त्यो फिर्ता लिन आग्रह गर्दै केही नेताहरूले प्रचण्ड पदलोलुप भएको आरोप लगाए । सोही प्रशंगको जवाफमा नेता रिजालले फेसबुक स्ट्याटस लेख्दै कडा प्रतिक्रिया दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ‘पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? अनि ख्याल गरौँ – प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी-खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ‘पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ?

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु