गृहपृष्ठ स्व.केसीका योगदानको स्मरण

स्व.केसीका योगदानको स्मरण

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उनले सामाजिक एवं राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ । नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरा महानगरपालिका ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित सभामा वक्ताले स्व.केसीलाई समाजको असल अभिभावकका रुपमा स्मरण गर्दै उनको सदैव अभाव रहिरहने बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेता केसीको समाज सेवा प्रतिको समर्पण प्रशंसनीय भएको बताए । समाजका हरेक क्षेत्रमा केसीले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले स्व. केसीको विरासतलाई सफलताका साथ परिवारले अघि बढाउने विश्वास व्यक्त गरे ।

कांग्रेसका नेता शुक्रराज शर्माले नेता केसीले जीवनको विरासतलाई प्रजातन्त्रमा समर्पित गरेको जनाउँदै उनको नाममा प्रतिष्ठान स्थापना गरी समाज सेवाको अभियान अघि बढाउन सुझाव दिए । राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतका क्षेत्रमा योगदान पुर्‍याएका नेता केसीको ६३ वर्षको उमेरमा यही कात्तिक १७ गते निधन भएको थियो ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु