गृहपृष्ठ गन्तव्य नेपालद्वारा आँखाका बिरामीलाई आर्थिक सहयोग

गन्तव्य नेपालद्वारा आँखाका बिरामीलाई आर्थिक सहयोग

साउदी अरबमा रहेको गन्तव्य नेपाल नामक संस्थाले आँखाका बिरामीका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । दुवै आँखाको दृष्टि गुमाइसकेकी रोल्पाको मादी गाउँपालिका- ६ की सीता परियारलाई गन्तव्य नेपालले ६१ हजार ९ सय ७५ रूपैयाँ हस्तान्तरण गरेको छ ।

पहलमा गन्तव्य नेपालले पछिल्लो समयमा धेरै पिडितहरुको उद्दार गर्दै आईरहेको छ। गन्तव्य नेपालले वर्तमानमा यस अघि एक ब्रेन ट्युमर तथा दुई मृगौला पिडित ब्यक्तिहरु लाई आर्थिक सहयोग तथा साउदिअरबमा ७ महिना देखि अलपत्र ६ जना पीडित नेपाली चेलिहरुलाई उद्दार गरेको थियो।

रोजगारीका लागि साउदी पुगेकी परियारको दुवै आँखामा समस्या देखिएपछि उपचारका क्रममा धेरै खर्च भइसकेको र थप उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएकाले सहयोग गरेको गन्तव्य नेपालका राजु बरालले बताए । ‘हामीले गरेको सानो सहयोगले कसैको जीवन उज्यालो हुन्छ भने हामीले किन नगर्ने भन्ने उद्देश्यका साथ सहयोगी मनहरुद्वारा आर्थिक रकम सहयोग गरिएको हो । गन्तव्य नेपालको पहलमा गरिएको सहयोगले उहाँको राम्रो उपचार भई उहाँको दुवै आँखा खुलोस् भन्न चाहन्छाैं,’ उनले भने ।

गन्तव्य नेपालले यसअघि पनि नेपाली राजदुतावाससँगको समन्वयमा ७ महिनादेखि साउदीमा अलपत्र ६ जना नेपाली चेलीको उद्धार गरेको थियो । यसका साथै ब्रेन ट्युमरका एक र मिर्गौला पीडित दुई बिरामीलाई पनि आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु