गृहपृष्ठ द्वन्द्वपीडितको न्याय पाउने अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग

द्वन्द्वपीडितको न्याय पाउने अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वपीडितले अझै न्याय पाउन नसकेकोप्रति चिन्ता व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगे पनि पीडितहरुले अझै न्याय पाउन नसकेको उल्लेख गरेको छ ।

आयोगले सरकारलाई द्वन्द्वपीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।संक्रमणकालीन न्यायका लागि स्थापना गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले काम गर्न नसक्नु र मानव अधिकार आयोगले दिएका निर्देशन तथा सिफारिसहरु पनि अलपत्र पर्नु राज्यकै विश्वसनियतामाथि प्रश्न उठ्ने काम भएको आयोगको ठहर छ ।

‘विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार संक्रमणकालीन न्यायका सयन्त्रहरूमंँग सम्बन्धित कानुनहरु मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, यस आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णयअनुसार हुने गरी संशोधन गर्न, पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठाहर गरेका मानव अधिकार उल्लंघन कर्ताहरुलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइ दण्डहीनताको स्थिति अन्त गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु