गृहपृष्ठ उद्योग वाणिज्य महासंघमा दुई केन्द्रीय सदस्य निर्विरोध

उद्योग वाणिज्य महासंघमा दुई केन्द्रीय सदस्य निर्विरोध

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको सदस्य पदका लागि दुई जना निर्विरोध चयन भएका छन् । निर्विरोध चयन हुनेमा प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा सन्दिप अग्रवाल रहेका छन् ।

महासंघको विधानअनुसार सबै प्रदेशमा केन्द्रीय सदस्यका लागि एक/एक सिट छुट्याइएको हुन्छ । जसमा प्रदेश १ बाट राउत सर्वसम्मत चयन भएका हुन् । त्यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेद्वारी परेपछि अग्रवाल चयन भएका हुन् ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु