गृहपृष्ठ सुस्त श्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

सुस्त श्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्त श्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाखको आर्थिक सहयोगमा सुस्त श्रवणयुक्त बालबालिकाका लागि विशेष स्रोत कक्षा सञ्चालन गर्न दुई कोठे विद्यालयको भवन निर्माण गरिएको बहिरा संघ हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिका–४ दुल्लीमा सुस्त श्रवणयुक्त बालबालिकालाई पठनपाठनमा सहज पुग्नका लागि सुस्त श्रवणयुक्त प्राथमिक विद्यालयको भवन निर्माण गरिएको संघका जिल्ला अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिए ।

विगतमा सुस्त श्रवणयुक्त बालबालिकाका लागि भवन नहुँदा अन्य विद्यार्थीसँग विद्यालय जानुपर्दा पठनपाठनमा निकै समस्या हुने देखिएपछि उनीहरुका लागि छुट्टै भवन निर्माण गरिएको हो । उक्त विद्यालय भवनमा २५ जना सुस्त श्रवण भएका बालबालिकाले अध्ययन गर्ने भएका छन् ।

‘सुस्त श्रवणयुक्त बालबालिकाका लागि दुल्लीमा पहिलोपटक सुविधा सम्पन्न भवन निर्माण गरिएको छ’, अध्यक्ष फडेराले भने, ‘सो भवनमा अपांगमैत्री शौचालय र खानेपानी धाराको आवश्यकता रहेकाले यसका लागि सहयोगको खोजी भइरहेको छ ।’

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु