गृहपृष्ठ जाडो मौसममा कस्ता खानेकुरा खाने ?

जाडो मौसममा कस्ता खानेकुरा खाने ?

जाडो मौसम सुरु भइसकेको छ । जाडो सुरु भइसकेपछि शरीरमा विभिन्न समस्याहरु सुरु हुन थाल्दछन् । धेरैले रुघाखोकी लाग्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, जोर्नीहरु दुख्ने जस्ता समस्याहरु झेल्नुपर्र्ने हुन्छ । जाडो मौसममा सावधान रहन सक्यौँ र आफ्नो स्वास्थ्यको बारेमा ख्याल ग¥यौँ भने यस्ता समस्याबाट बच्न सकिन्छ ।

मौसम परिवर्तनसँगै हामीले हाम्रो जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्छ । गर्मीमा जस्तो जीवनशैली जाडोमा पनि लागु गर्न थाल्यौँ भने हामी बिरामी परिहाल्छौँ । त्यसैले उचित खानपान छनोट गर्नु जरुरी छ । जाडोमा बाहिरी तापक्रम कम हुने भएकाले न्याना कपडाका साथै पोषिलो, झोलिलो खानेकुरा बढी खानुपर्छ ।

समग्रमा जाडो मौसममा निम्न खानेकुरा खानु स्वास्थ्यको तापक्रम बढ्नुका साथै स्वस्थ हुन पनि मदत गर्दछ ।

१. भिटामिन ए र के युक्त सागसब्जी बढी खानुपर्छ । जस्तै सागसब्जीमा बेथे, तोरीको साग, ब्रोकाउली आदि खानुपर्छ ।

२. जाडो मौसममा लाग्ने रुघा खोकीबाट जोगिन अण्डा, विषेशगरी अण्डाको पहेँलो भाग खानु उचित हुन्छ । गेडागुडीको झोल, गोलभेँडा, तातो सुप जसले शरिरको तापक्रमलाई ठिकमा राख्ने काम गर्छ ।

३.घुँडा दुख्ने समस्या भएका बिरामीले क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । जस्तै दुध, प्राउन, अण्डा आदि ।

४. ज्वानोको झोल, अदुवाको चिया, दालचिनी, मरिच आदि प्रयोग गर्नुपर्छ जसले शरिरलाई तातो राख्नुका साथै सर्दी हुनबाट जोगाउछ ।

५.जाडो मौसममा पानी खाने बानी हुँदैन तर पर्याप्त मात्रमा तातोपानी खानुपर्छ ।

६.जाडो मौसममा पाईने फलफूल सुन्तला, निबुवा, अनार, अमला जस्ता फलफूल खानुपर्छ ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु