गृहपृष्ठ शिवम् सिमेन्ट उद्योगमा आगलागी
शिवम् सिमेन्ट उद्योगमा आगलागी
सांकेतिक तस्बिर ।
हेटौँडा उपमहानगरपालिका- १६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
डीएसपी रानाका अनुसार आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति भने भएको छैन । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । (रासस)
प्रकाशित समय १२:३० बजे

















