गृहपृष्ठ कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

फाइल तस्बिर ।

औरही गाउँपालिका- ५ बस्ने २२ वर्षीय रविन दासलाई १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय बिनोद कुमार यादवलाई पुरानो रिसइबीको कारण रविनले कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु