गृहपृष्ठ तनहुँ र मोरङबाट करिब दुई लाख नगदसहित २४ जुवाडे पक्राउ

तनहुँ र मोरङबाट करिब दुई लाख नगदसहित २४ जुवाडे पक्राउ

तनहुँ र मोरङको विभिन्न स्थानबाट करिब २ लाख रूपैयाँ नगदसहित २४ जुवाडे पक्राउ परेका छन् ।
तनहुँको व्यास नगरपालिका-१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेको अवस्थामा रानासहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र २६ हजार २७५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो । त्यस्तै मोरङको रतुवामाई नगरपालिका-८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका अवस्थामा गडतौलासहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद एक लाख ६९ हजार ६९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधनसमेत बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु