गृहपृष्ठ मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ

नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त भनिएका अखिलेशप्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसिया पक्राउ गरेका छन् ।

नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिवसमेत चौरसियाको कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौरसिया हत्या प्रकरणमा यसअघि नै १२ जना पक्राउ परिसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु