गृहपृष्ठ आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका- १ चिसापानीका ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवन मंगलबार पक्राउ परेका हुन् ।

चिर्पटको प्रहारबाट गम्भिर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु