गृहपृष्ठ एसएलआर र थ्रीनटथ्री राइफलको गोलीसहित २ जना पक्राउ

एसएलआर र थ्रीनटथ्री राइफलको गोलीसहित २ जना पक्राउ

pakrau-arrest-newskarobar

भोजपुर नगरपालिका- ८ स्थित पोखरेलाईनबाट एसएलआर राइफलको २ राउण्ड गोली, थ्रीनटथ्री राइफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कडसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका- ३, च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त हातहतियार सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु