गृहपृष्ठ बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना. १ ज २१९६ नम्बर जिप आज दिउँसो १ बजेर ४० मिनेटमा बुढ्ढानजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर जनक बहादुर धामीले बताए ।

इन्स्पेक्टर धामीका अनुसार दुर्घटनामा परी कलावती चन्द, भगिरथ पाण्डेय, पार्वती चन्द, सोही नामकी अर्की पार्वती र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको हो । यसैगरी घाईते हुनेमा रविन्द्र चन्द, प्रदीप लावड, खपेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना गरी ६ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु