गृहपृष्ठ बलात्कारपछि हत्याको प्रयास, २ जना पक्राउ

बलात्कारपछि हत्याको प्रयास, २ जना पक्राउ

धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजमा १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारपछि हत्याको प्रयास भएको घटना बाहिरिएको छ । मितिनीकै देवरको संलग्नतामा गत मंसिर ३ गते किशोरीलाई मोटरसाइकलमा राखी महोत्तरीको बर्दिवासस्थित एक होटलमा लगेर बलात्कार गरी हत्या गर्ने प्रयास गरिएको पीडित परिवारले बताएका छन् ।

घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने एक जनाको खोजी कार्य भइरहेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका २ बस्ने २० वर्षीय शिवचन्द्र कृपाल महतो र २१ वर्षीय सरोज महतो छन् भने एक जनाको खोजी भइहरेको छ । प्रहरीका अनुसार बलात्कारपछि  साँझ घर ल्याउँदै गर्दा किशोरीले घटनाबारे घरपरिवारमा खबर गर्ने भनेपछि आरोपीहरूले रुखमा किशोरीकै सलले घाँटीमा बाँधेर मार्ने प्रयास गरेको थियो ।

किशोरीलाई रूखमा झुन्ड्याई आरोपितहरु फरार भएपछि स्थानीयले सोही दिन राति ९ बजे देखेर उद्धार गरेर बेहोस अवस्थामै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थराज कार्कीका अनुसार
आरोपीबिरुद्ध मंसिर ४ गते अपहरण तथा शरीर बन्धक, करणी र कर्तव्य ज्यान उद्योगमा उजुरी परेको उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु