गृहपृष्ठ मुनलाइट म्यानपावरमा सिलबन्दी
मुनलाइट म्यानपावरमा सिलबन्दी
ललितपुरको हरिहरभवनस्थित मुनलाइट इन्टरनेशनल प्रालिमा वैदेशिक रोजगार विभागले सिल गरेको छ । विभागका अनुसार मुनलाइट मेनपावरको दुईवटा कोठामा सिलबन्दी गरिएको हो ।
स्वीकृतिविनै वैदेशिक रोजगारीको लागि युरोप लगायतका विभिन्न मुलुक पठाउने भनी रकम संकलन गरिरहेको भन्ने सूचनाका आधारमा मुनलाइटमा विभागको टोली पुगेको थियो । तर कार्यालय बन्द भएका कारण विभागले पटक-पटक सम्पर्क गर्दा पनि उपस्थित नभएपछि दुई कोठामा सिलबन्दी गरिएको हो ।
विभागले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि मुनलाइटमा वैदेशिक रोजगारमा जानको लागि कुनै काम वा राहदानी नबुझाउन अनुरोध गरेको छ । मुनलाइटबाट वैदेशिक रोजगारीमा जान रकम बुझाएका व्यक्तिहरुले १५ दिन भित्र विभाग, नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्न विभागले अनुरोध गरेको छ ।
प्रकाशित समय १६:१२ बजे

















