गृहपृष्ठ माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा बैंकका दायित्व व्यवस्थापन एवं बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ । बैंकले आफ्ना १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम र १ हजारभन्दा बढी पीओएस मेसिनमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु