गृहपृष्ठ चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे
चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे
चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलबाट सिधै बालुटारस्थित चिनियाँ दूतावास जाने र केहीबेर आराम गरेपछि उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । सबैभन्दा पहिले उनको भेटवार्ता प्रधानसेनापति पूर्णचन्द्र थापासँग दिउँसो दुई बजे जंगीअड्डामा हुनेछ । जंगी अड्डामा उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गर्नेछ ।
त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । बालुवाटारपछि चिनियाँ रक्षामन्त्रीको भेटवार्ता शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग हुनेछ । त्यसलाई उनी सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय हिसाबमा अर्थपूर्ण मानिएको छ ।
प्रकाशित समय १०:५३ बजे

















