गृहपृष्ठ प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेले क्षा मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार रक्षामन्त्री वेईले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न र प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् ।

विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले उनको स्वागत गरेका थिए । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान ११ बजे काठमाडौँ अवतरण गरेका थिए ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु